Shopping Cart
सात सालको कथा ।  Saat Saal ko Katha

सात सालको कथा । Saat Saal ko Katha

पछिल्लो बाहिरी आवरणबाट

हिन्दीका प्रख्यात साहित्यकार फणीश्वरनाथ रेणु एकदमै आत्मीय बनेर हामीसँगै विराटनगर आए । हाम्रै घरमा बस्न थाले । २००७ को क्रान्तिमा होमिए । उनको क्रान्तिकारी प्रवृत्ति एवं अन्याय र दमनको विरोध गर्ने उग्रता मेरै जस्तो थियो । उनी मेरा साना भाइ थिए । साँच्चै उनी मेरै थिए ।
-विश्वेश्वरप्रसाद कोइराला

ज्यान बच्यो । लाख पाइयो । त्यसै बेला आदेश आयो, "प्रजातन्त्र नेपाल रेडियोको प्रतिनिधि काठमाडौँको शपथग्रहण समारोहमा उपस्थित हुनुपर्छ ।" तर म जान्नँ ।

मोहनशमशेरको प्रधानमनत्रित्वमा बीपी उपप्रधानमन्त्री भएको म हेर्न सक्दिनँ । यस्तो कुरा मैले कल्पनासम्म पनि गरेको थिइनँ ।

कस्तो दुर्भाग्य ! उता केआई सिंहले पनि सम्झौताको विरोध गरेका छन् । पूर्वतिर भद्रपुरमा पनि भैरवप्रसादले लडाइँ बन्द गर्ने आदेश मानेका छैनन् । मेरा कानमा यतिखेर नेत्रबहादुर गुरुङको भनाइ गुन्जिरहेको छ, "इन्डियाका हातमा 'रोयल पेयर' छ ।”