
रुझेर अग्निवार्षामा / Rujhera Agniwarshama
-
Writen byरुद्र ज्ञवाली / Rudra gyawali
- PublisherManjari Prakashan
- Year2018
रुद्र ज्ञवालीको मुक्तककार व्यक्तित्व प्रभावी देखिएको छ । सामाजिक यथार्थका परिवृत्तमा रहेर संवेदित भावका कथा लेख्ने र युगीन यथार्थका कविता लेख्ने उनी मुक्तकमा भने विविध भावबिम्बका साथ उपस्थित भएका छन् । उनका अधिकांश मुक्तकमा मानक मुक्तकका उपर्युक्त अभिलक्षणहरू घटित हुन्छन् ।
सङ्ग्रहमा मानवीय संवेदना, युगीन यथार्थ, आफैभित्र आफ्नो खोजी, प्रेमिल भावतरङ्ग र जीवनका सुखदुःख राम्ररी आएका छन् र यी मुक्तकहरू भावको अग्निवर्षामा मुक्तकीय कलाले रुफेर निथुक्क भएका छन्, उत्तप्त भएका छन् र पाठकलाई पनि उद्दीप्त बनाउन समर्थ छन।
उनी समकालीन नेपाली मुक्तक परम्पराका प्रभावशाली मुक्तककार हुन् भन्न सकिने आधार यस सङ्ग्रहभित्रका मुक्तकहरूले दिएका छन् ।
प्रा. डा. लक्ष्मणप्रसाद गौतम समालोचक