Shopping Cart
रुइबा । ruibaa

रुइबा । ruibaa

तामांग जातिको बिवाह संस्कारमा बेहुला पक्षले ल्याएको कोसेली ग्रहण गरेपछि बेहुली पक्षबाट भनिने कथन छ -'हाम्री छोरी आजबाट ज्वाईलाइ दियों । बाउ र आमाको रगत आजबाट फरक भयो तर रूइ (हाड) चाही मातिकै अधिनमा रहनेछ ।' रूइ (थर) माइतिकै अधिनमा रहने येही मान्यताको कारण तामांग महिलाको विवाह पश्चात थर परिबर्तन हुँदेन । उनीबाट जन्मिएका छोराछोरी मात्रै बाबुको थर परिबर्तन गर्छन । विवाहित महिलाको मिर्तुपछि दाह्संकार मा माइतिको उपस्थिति अनिवार्य छ । कथंकदाचित तामांग चेलीको दाहसंकारमा माइतिको उपस्थिति सम्भब भयनभने लाशबाट अस्थी झिकेर रखिन्छा पछि माइतिको सहभगितामा सेलाउने गरिन्छ । येही संस्कृति नै रुइबा हो । 


चेतनाथ आचार्यले यो उपन्यासमा 'रुइबा'लाई बिम्बको रुपमा प्रयोग गरेका छन् । उपन्यासकि मुख्य पात्र न्याउली बर्षौदेखि चीनको जेलमा छिन् । लागुपदार्थ ओसारपोसार गर्ने  दलालहरुको चंगुलमा परेर उनि चीनको जेल-जिबनमा पुगेकी हुन् । जिबनको उर्भर समय जेलमा बिताएकि न्याउलीले आफ्नो बालापनदेखि जेल्जिबनसम्म गरेको स्मरणनै नै यस उपन्यासमा कथावाचनको फरक शैली हो । न्याउलीको स्मरणमा आउने गटनाहरुले तामांग जातिको संस्कार, संस्कृतिहरुलाई भन्छन, जिबन पद्दति र पिडाहरुलाई बताउँछन, अभावहरुका बिरुद्ध लड्ने संगर्षहरुलाई उतार्छन, एक निर्दोष मान्छे कसरि दलालहरुको  जालो र चंगुलमा पर्छ भन्ने रहस्यलाई उद्घाटन गर्छ । 
'रुइबा' सामाजिक उप्पन्यास हो । सामाजिक यथार्थ, न्याय र मुक्तिको आख्यान हो । आम पाठकहरुका लागि नयाँ स्वाद  बिषय हो ।

Book Title रुइबा । ruibaa
Authorचेतनाथ आचार्य
ISBN9789937705578
Edition LanguageNepali
Published Year2022
PublicationPhoenix Books
Pages262
Category उपन्यास