Shopping Cart
प्रमुख पौरस्त्य गणितज्ञ। Pramukh Paurastya Ganitagya

प्रमुख पौरस्त्य गणितज्ञ। Pramukh Paurastya Ganitagya

सहप्राध्यापक महेश्वर प्रसाद उपाध्यायको प्रमुख पौरस्त्य गणितज्ञ नामक पुस्तक हाम्रो अगाडि छ । १० अध्यायमा विभक्त यस पुस्तकमा पौरस्त्य गणितज्ञको चर्चा राम्ररी गरिएको छ । विगत २४ वर्षदेखि स्याम्पस तहमा गणितको अध्यापन गर्दै आउनु भएका महेश्वर प्रसाद उपाध्यायले गणित सम्बन्धी निकै अनुसन्धानात्मक निबन्धहरू प्रकाश गरिसक्नु भएको छ । गणित ज्यौतिष सम्बन्धी अनुसन्धान पाश्चात्यहरूबाट मात्र भएका हुन् भन्ने विचार जनमानसमा छ । विक्रमको १८ औं शताब्दीदेखि हाम्रो यतातिर नयाँ-नयाँ अनुसन्धान खास हुन नसकेपनि प्राचीन कालमा हाम्रा पुर्खाहरूले अनुसन्धानको क्षेत्रमा केही ठोस काम गरेका थिए । उदाहरणका रूपमा पृथ्वीको आधार केही छैन भनी पछिल्लो कालमा पाश्चात्यहरूले भनेको कुरा हाम्रो पुर्खाहरूले त्यसभन्दा केही शताब्दी अघि नै सप्रमाण भनिसकेको कुरालाई देखाउन सकिन्छ । यस्तै यस्तै विषयलाई लिएर लेखिएको महेश्वर प्रसाद उपाध्यायको यस पुस्तकले लोकमा रहेको भ्रमलाई चिर्ने काम गरेको छ । यस पुस्तकमा आफूले लेखेका कुरालाई प्रमाणपूर्वक अघि बढाइएको छ । यस्ता पुस्तकको प्रकाशनबाट हाम्रा पुर्खाहरू गणित र ज्यौतिषको क्षेत्रमा कतिसम्म पुगेका थिए र त्यसमा पाश्चात्यहरू कति अगाडि बढे भन्ने कुरा पत्ता लगाउन मद्दत मिल्दछ । निरक्षी र विवेकी विद्वान्हरूले यस पुस्तकको राम्ररी परीक्षण गर्नु हुनेछ र यसमा भएको गुणदोषको राम्ररी विवेचना गर्नु हुनेछ ।

Book Title प्रमुख पौरस्त्य गणितज्ञ। Pramukh Paurastya Ganitagya
Authorमहेश्वर प्रसाद उपाध्याय
ISBN9789994615674
Edition LanguageNepali
Published Year2011
PublicationVidhyarthi Pustak Bhandar
Pages164
Category दर्शन शिक्षा सन्दर्भ पुस्तक