Shopping Cart
फूलको विद्रोह। Phoolako Bidroh

फूलको विद्रोह। Phoolako Bidroh

कुरूप समाज र मान्छेका बिब्ल्याँटाहरूलाई हटाएर सुन्दर समाज निर्माणको दिशामा अभिमुख यिनका कविताले उज्यालो आगतको कामना गरेका छन् । अँध्यारोका प्रतिपक्षमा, विसङ्गतिका प्रतिरोधमा सशक्त आवाज उठाउने यिनका कविताहरू सङ्गतिको खोजीमा हिँडेका छन् । शिष्ट र सौम्य भाषामा नारीचेतनाको वकालत गर्ने यिनका कविताले एकअर्काको निषेधभन्दा पनि सहकार्य र सहअस्तित्वका पक्षमा आवाज उठाएका छन् । मौलिक बिम्ब र तथा प्रतीकहरूको प्रयोग गरेर कविता लेख्ने अनिताका कविताहरू कविताजस्तै छन् भन्ने साक्ष्य 'फूलको विद्रोह' हो ।
-निमेष निखिल
कवि/समीक्षक

Book Title फूलको विद्रोह। Phoolako Bidroh
Authorअनिता न्यौपाने
ISBN9789937712484
Edition LanguageNepali
Published Year2019
PublicationManjari Prakashan
Pages121
Category कविता