Shopping Cart
पसिनाका पाइला

पसिनाका पाइला

नेपाली व्यङ्ग्य साहित्यमा लक्ष्मण गाम्नागे लोकप्रिय एवम् स्थापित नाम हो । हास्यव्यङ्ग्य निबन्ध तथा कविता नियमित रूपमा लेखिरहेका गाम्नागेको यो उपन्यास समयचेत तथा ब्यङ्ग्य चेतका दृष्टिले उत्कृष्ट कृति हो ।
उपन्यासको भाषा तथा शैली सरल, सुरम्य एवम् प्रान्जल छ । पाठकको मन-मस्तिष्कलाई उत्सुकता र कौतुहलताको डोरीले बाँधेर उपन्यासका पात्रसँग एकाकार गराउन यो उपन्यास सफल छ  |
तीन दशकअघिको ग्रामिण परिवेश, अविरल सङ्घर्ष, पढाइ र जागीरको उत्तोलक, काठमाडौंको डेरा जीवनलगायतका आरोह अवरोह पढ्दा जो कोहीलाई पनि आफ्नै कथा पढेको अनुभूति हुन्छ ।
नयाँ पुस्ताको लागि यो उपन्यास ऐतिहासिक दस्तावेज बनेको छ । पढ्न सुरू गरेपछि बीचैमा छाड्न सकिन्न । - डा. रवीन्द्र समीर, आख्यानकार

Book Title पसिनाका पाइला
Authorलक्षमण गाम्नाङ्गे
ISBN9789937712781
Edition LanguageNepali
Published Year2020
PublicationManjari Prakashan
Pages237
Category उपन्यास समाज