Shopping Cart
परदेशको पसिना । Paradesh ko Pasina

परदेशको पसिना । Paradesh ko Pasina

रोजगारी यो समय र यो पुस्ताका लागि त्यस्तो परिघटना हो, जसले नेपाली समाजको कायापलटमा चुपचापै महत्त्वपूर्ण योगदान दिइरहेको छ । रेमिट्यान्सले यो देशका अर्थमन्त्रीले वाचन गर्ने बजेटका बुंदा मात्रै होइन, नागरिकले हातमा बोक्ने स्मार्ट फोनको आकार र भान्सामा पाक्ने पकवानका प्रकारसम्म निर्धारण गरिरहेको छ । यो पुस्तकले वैदेशिक रोजगारी र रेमिट्यान्सका केही आयामहरूको चित्रण गर्ने र त्यसमाथि छलफल निम्त्याउने प्रयास गरेको छ । यसमा व्यक्तिका भन्दा बढी सामूहिक अनुभूतिका कुरा छन्, कथा छन् ।परदेशमा पसिना बगाएर पठाएको धनको मात्रै हिसाबकिताब गरिने शास्त्रमा अंकहरूका बीचबाट ती मानिसलाई चियाउने प्रयास गरिएको छ, जसका आँसु र सुस्केराले भावी पुस्ताका लागि आशाको फूल फुलाइरहेका छन्

Book Title परदेशको पसिना । Paradesh ko Pasina
AuthorSassa Buregren, Translated by Victor Pradhan
ISBN9789937949231
Edition LanguageNepali
PublicationKitab Publishers
Pages345
Category कथा सन्दर्भ पुस्तक समाज