Shopping Cart
पहेंलपुर/ pahelpur

पहेंलपुर/ pahelpur

  • G.S. Paudel
    Writen byG.S. Paudel
  • PublisherBulBul Publication
  • Year2021

गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्यालालिलीको सौन्दर्यसँगै सती जानेहरु आफूलाई जीवनको ठूलो खाडलभित्र त पुऱ्याउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो, तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन ।

वास्तवमा हामी पहेंलो रंगमार्फत राजषी ठाँट वा अहंबाट मुक्त रहनुपर्ने हो तर मानिसहरुको समाज विचित्रको छ। व्यक्ति लोभ, मोह, अहंलाई नै पच्छ्याइरहन्छ र ऊ कहिल्यै मुक्त हुन रुचाउँदैन यो जञ्जालहरुबाट ।

पहेँलिनुमा व्यथा छ । परापूर्वकालदेखि बोकेर आएको रोगबाट मुक्ति खोज्नुमा संसारको उत्थान छ, न कि यसैभित्र भासिएर आफू पतन हुनुमा । उपचार आफैंसँग हुन सक्छ तर खोजी कसले गर्ने ?

भ्रम अर्थात् मायाको एक सर्को धुवाँमा रुमल्लिएर माल्दिभ्सबाट डिपोर्ट भएको आलोक ह्यालुसिनेसनबाट तङ्ग‌रिन लाग्दैथियो कि ऊ पहेंलपुरमा रुमल्लियो ।

पहेँलो छ दृष्टि, पहेँलो फूल, पहेँलपुर छ संसार

Book Title पहेंलपुर/ pahelpur
AuthorG.S. Paudel
ISBN9789937918893
Edition LanguageNepali
Published Year2021
PublicationBulBul Publication
Category उपन्यास