Shopping Cart
ओ दार्जिलिङ्ग / oh darjiling

ओ दार्जिलिङ्ग / oh darjiling

ओ दार्जीलिङ ! दार्जीलिङ क्षेत्र, भारतीय गोर्खा र गोर्खाल्याण्डका मुद्दाहरूमा बढी केन्द्रित छ, तर यो पुस्तक त्यतिमा मात्रै सिमित छैन । यसले पहाडकी रानी'को समृद्ध इतिहास, गर्विलो विरासत र अन्यौलग्रस्त वर्तमानलाई जीवन्त ढंगबाट चित्रण गरेको छ । दार्जीलिङले आफ्‌नो स्वाभिमानका निम्ति सय बर्षदेखि गर्दैआएको संघर्षको झलक पनि यसमा पढ्न पाइन्छ । सिक्किमसँग जोडिएका प्रसंगहरू पनि पुस्तकमा आउँछन् ।

सँगै, भारतबाट नेपाललाई नियाल्दा कस्तो देखिन्छ; तिब्बत र चीनतिर चियाउँदा के-के पाइन्छ; कुटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरू के हुन्- यी र यस्ता बिषयलाई पनि पुस्तकले समेटेको छ । लेखकको अनुभूति खण्डमा 'बज्यै, मेलको चुक र विज्ञान'देखि 'चालीस, दिल्ली र जिन्दगी', 'कोरोना, कपाल र हजाम', 'भोट, नोट र चोट' जस्ता विविधतायुक्त सामग्रीहरू छन् । ओ दार्जीलिङ ! यस्ता ४९ वटा फरकफरक आलेखहरूको संग्रह हो, जसले सीमावारि र हिमालपारिका अनेकन् बिषयहरूलाई समेटेको छ ।

ओ दार्जीलिङ ! का लेखक महेन्द्र पी. लामा नयाँदिल्लीको . जवाहरलाल नेहरू विश्वविद्यालयका वरिष्ठ प्राध्यापक हुन् । उनको लेखन र सम्पादनमा करिब दुई दर्जन पुस्तक प्रकाशित छन् ।

Book Title ओ दार्जिलिङ्ग / oh darjiling
Authorमहेन्द्र पी. लामा
ISBN9789937949217
Edition LanguageNepali
Published Year2021
PublicationKitab Publishers
Pages430
Category गैरआख्यान