Shopping Cart
निर्धरा / Nirdharaa

निर्धरा / Nirdharaa

जन्मधराबाट खेदिएकी धनमाया । कर्मधराकी सुकुम्वासीमाथि समाज र प्रकृतिले गरेको क्रूर दमनको दृश्यचित्र । सशस्त्र युद्ध - चपेटाको हृदय विदारक कथा । किनाराकृत एकल महिलाको दुर्दान्त नियति पढ्दा पाठकको हृदय झन्झनाउँछ । धनमायाहरूका लागि न्याय मृतवत् छ समाजमा । नमरुन्जेल बाँच्नै खोज्ने प्रपञ्ची कसरतको नाम हो जिन्दगी । त्यस्तो जिन्दगी बाँच्ने विवश पात्रकी प्रतिनिधि हुन् धनमाया । काभ्रे जिल्लाको विकट गाउँबाट कर्मघर सर्लाही झरेकी चेलीको दुर्दान्त जीवन पढ्न दह्रो मुटु चाहिन्छ । धराबाट पटकपटक लखेटिएर निर्धरा बनेकी छिन् यस कथाकी पात्र । यो एकादेशको कथा होइन । हाम्रै आँखाअघिको सजीव जीवन पढ्दा रुनुपर्दैन, नेत्ररन्ध्र पग्लेर आफैँ पाना भिज्छन् । कवि हुँदै आख्यानकारका कित्तामा उभिएका नारायण निरासीले त्यस्तो जीवन सङ्ग्रामलाई तिलस्मी शब्दमा व्याख्या गरिदिएका छन् ।

Book Title निर्धरा / Nirdharaa
AuthorNarayan Nirasi
ISBN9789937967808
Edition LanguageNepali
Published Year2024
Pages290
Category आख्यान