
निलो प्रेम । Nilo Prem
-
Writen byPurushottam Bajgain
- PublisherIndigo inc.
बाहिरि आवरणबाट:
'नीलो प्रेम' नेपाली साहित्यमा बहुअर्थी रुपमा आएको छ-कतै नीलो आकाशझै प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरकै हार्दिकताको गहिराइ जस्तो ।
तर, के प्रेमले जीवनलाई सबै खुलेको नीलो आकाशझै उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीझै नीलाम्य डामहरू पनि बसाइदिन्छ ?
साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरुमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो। विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफ्नै कथा ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो ।
कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगै हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।