
नेपालको परराष्ट्र सम्बन्ध सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित
-
Writen byDr. Madan Kumar Bhattrai
- PublisherImprint Publishers
- Year2025
नेपालको कूटनीतिलाई केन्द्रमा राखी समग्र पक्षबाट वस्तुगत विश्लेषणसहित सरल भाषामा लेखिएको डा. मदनकुमार भट्टराईको चौथो कृति हो-नेपालको परराष्ट्र सम्बन्ध : सङ्क्रमणकाल र प्रो नरेन्द्रमणि दीक्षित
सिद्धान्ततः सबैले बुझेको ठान्ने तर व्यवहारतः कमैले राम्ररी ठम्याएको विषय हो, नेपालको कूटनीति । कूटनीति जस्तो अति संवेदनशील विषयलाई फूल र काँडाका रूपमा नहेरी केवल फूल सरह हेर्ने अर्को अनौठो शैली छ । यस परिवेशमा परराष्ट्र नीतिको नसा, शिरा, धमनी र जोर्नीसँग प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने विषय, व्यक्ति र प्रवृत्तिको जानकारी झनै नेपथ्यको विषय बनेको छ ।
यसै सिलसिलामा नेपालको बाह्य नीतिसँग सोझो वा घुमाउरो सम्बन्ध राख्ने विषय र व्यक्तिको सबल/दुर्बल पक्षको मिहीन विश्लेषण गर्ने क्रममा यस पुस्तकले मुलुकको पहिलो परराष्ट्र सचिव नरेन्द्रमणिसँग जोडिने समष्टिगत पक्षलाई परराष्ट्र मामिला अध्ययनका रूपमा सप्रसङ्ग आकलन गरेको छ ।