
नेपालको जनक्रान्ति | Nepalko Janakrati
-
Writen byभुवनलाल प्रधान
- PublisherHimal Kitab
- Year2014
नेपालको जनक्रान्तिको इतिहासबारे अनेक पुस्तकहरू निस्केका छन् । तर उस बेला राजधानीमा भएका सूक्ष्म क्रान्तिकारी गतिविधिहरूलाई नजिकबाट नियाल्ने काम जसरी यस पुस्तकमा भएको छ त्यो अन्य पुस्तकमा पाइँदैन । संवत् १९९५ देखि राजधानीमा पहलाएको राजनीतिक जागरण र पछि संवत् २००४ र २००७ बीचको अवधिमा भएका राजनीतिक उथलपुथलहरूको विवरण यस पुस्तकमा परेका छन् । वास्तवमा यसका लेखक स्वयं जनक्रान्तिमा होमिएका थिए । इतिहासकारको आफ्नै निजी अनुभव परेका कारण पुस्तकमा वर्णित घटनाहरूको प्रामाणिकता झनै बढ्न गएको छ ।