Shopping Cart
नेपाली मिडियामा दलित/ Nepali mediama dalit

नेपाली मिडियामा दलित/ Nepali mediama dalit








बहिष्करणमा परेका समुदाय र तिनका सवाललाई मिडियाले उचित स्थान नदिएको आवाज चौतर्फी रुपमा उठ्ने गरेको छ । प्रस्तुत पुस्तक दलितको प्रतिनिधित्व र तिनका मुद्दालाई मिडियाले दिएको स्थानबारे केन्द्रित छ । परिचयबाहेक पाँच अध्यायमा विभाजित यो पुस्तकले छापामाध्यमदेखि रेडियो र टेलिभिजनसम्मलाई समेटेको छ । विभिन्न मिडियामा दलित समुदायका व्यक्तिको सहभागिता, दलितसम्बन्धी सामग्रीको उत्पादन प्रक्रिया, तिनको अन्तर्वस्तु तथा प्रस्तुतिको शैलीबारे विस्तृत जानकारी र विश्लेषण पुस्तकमा छ । दलित सवालमा नेपाली मिडियाले खेलेको सकारात्मक भूमिकाका साथै तिनमा देखिएका कमीकमजोरी र त्यसका कारणहरु पनि पुस्तकमा केलाइएको छ ।
नेपाली मिडियामा दलितबारे नै केन्द्रित भएर लेखिएको यो पहिलो अनुसन्धानमूलक पुस्तक हो । मिडियामा समावेशीकरण र विभिन्न सामाजिक मुद्दाहरुका सन्दर्भमा मिडियाले दिने सामग्रीबीचको अन्तर्सम्बन्धबारे चासो राख्ने जोसुकैका लागि यो पुस्तक उपयोगी छ ।


 

आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर जेबी विश्वकर्मा समता फाउन्डेशनका अनुसन्धाता हुन् । नेपाली मिडियामा दलित सवालबारे ६ वर्षदेखि अनुसन्धानरत विश्वकर्माका दलित आन्दोलन र  समावेशीकरणबारे पनि लामा र छोटा लेखहरु विभिन्न पुस्तक, जर्नल तथा पत्रपत्रिकाहरुमा प्रकाशित छन् ।

 

Book Title नेपाली मिडियामा दलित/ Nepali mediama dalit
AuthorMalala Yousafzai
Edition LanguageNepali
PublicationMartin Chautari
Category मिडिया समाज