नेपालमा सुरुङ्गयुद्द / Nepalama surungyuddha
-
Writen byअर्जुनकुमार उप्रेती / जसकुमार राई
- PublisherManjari Prakashan
- Year2024
रत्नकुमारले सुरुङमा सूचना प्रवाह गर्नका लागि खन्दै गरेको स्थानमा एउटा घण्टी झुन्ड्याएका थिए । त्यो घण्टीमा डोरी बाँधेर सुरूङबाहिर हुँदै बाल रेडगार्ड बस्ने स्थानसम्म एउटा डोरी ल्याइएको थियो । सुरुङ खन्दा खन्दै कोही शङ्कास्पद मानिस आए भने बाल रेड गार्डले डोरी तानेर एक पटक घण्टी बजाउनुपर्थ्यो । तब सुरूङ खन्दै गरेका मानिसहरु सुरूङ खन्ने काम बन्द गर्दथे । शङ्कास्पद मानिस गएपछि तीन चोटि घण्टीलाई बजाउनुपथ्यों अनि सुरूङ खन्ने काम फेरि सुचारु हुन्थ्यो ।
ओरालो बाटोमा सबैभन्दा अगाडि रत्न थिए। त्यही बेला तलतिरबाट सादा पोसाक र प्रहरीकै पोसाकमा प्रहरीहरु उकालो आउँदै थिए। राममाया र सुशीला उनीहरुलाई देख्नासाथै पछाडिबाट रत्नलाई कोट्याएर सङ्केत गरे । तर रत्नले सायद नसुनेको वा नबुझेको हुनुपर्छ उनी सरासर बाटो लागे । यतिकैमा प्रहरीसँगै भएको एउटा मान्छे (डिल्लीराम गुरुङ) ले हातको इसाराले रत्नतिर देखायो । त्यसपछि प्रहरीले चारैतिरबाट घेरा हाले र दुई जनाले रत्नको हात च्याप्पै समाते । रत्नले प्रहरीको पन्जाबाट हात खुस्काएर घेरा तोड्ने कोसिस गरे । त्यही बेला प्रहरीले समातेको हातमा सुशीलाले सिमलीको लठ्ठीले बजारिन् । रत्नको हात खुस्कियो । प्रहरीसँग तानातान भयो । त्यही बेला छेउमा भएको प्रहरी विष्णुबहादुर राईले ड्याम्मै बन्दुक पड्कायो । रत्न भुइँमा ढले ।
रत्न बान्तवा मारिएको २८ वर्षपछि २०६५ सालमा राजतन्त्रको समूल अन्त्य भएर गणतन्त्र नेपाल घोषणा भयो । तर सुरूङयुद्धको उपायद्वारा नेपालमा राजतन्त्र समाप्त पार्ने बान्तवाको सपना उनी मारिएसँगै मारियो । बान्तवाको हत्यापछि सुरूड्युद्धको उनको सपनालाई कसैले पनि निरन्तरता दिएनन् । फरक विधि र शैलीबाट नेपालमा राजतन्त्रलाई ढालियो ।