Shopping Cart
Nepal Gantantra bata swatantraनेपाल  गणतन्त्रबाट स्वतन्त्र

Nepal Gantantra bata swatantraनेपाल गणतन्त्रबाट स्वतन्त्र

यो पुस्तक 'पृथ्वीपथ' यसै सङ्कटको गहन विश्लेषण हो । यो कुनै राजनीतिक दलको घोषणापत्र होइन, न त यो कुनै स्वार्थ समूहको आवाज हो। यो त प्रत्येक देशभक्त नेपालीको हृदयबाट निस्केको जागरणको शङ्खनाद हो। हामीले यसमा नेपालको ऐतिहासिक पीडा, वर्तमानको यथार्थ र भविष्यको सम्भावनालाई निर्ममतापूर्वक केलाएका छौँ । यो पुस्तकले 'गणतन्त्र' को मुकुण्डो उतारेर त्यसभित्र लुकेको षड्यन्त्रलाई उजागर गर्छ र विदेशी प्रभावबाट मुक्त भई कसरी 'स्वतन्त्र नेपाल' निर्माण गर्न सकिन्छ भन्ने मौलिक मार्गचित्र प्रस्तुत गर्छ।
पृथ्वीपथ'ले यो गहिरो सत्यलाई स्वीकार गर्छ कि हाम्रो सङ्कटको मूल जरो 'गणतान्त्रिक' प्रणालीमा छ । यो प्रणाली नेपाली माटोका लागि पराइ हो, जसले विभाजन र द्वन्द्वलाई मात्र मलजल गर्यो । यसले नेपाली समाजलाई धर्म, जात, भाषा र क्षेत्रका नाममा टुक्रा-टुक्रा पार्यो, जुन पृथ्वीनारायण शाहको 'चार जात छत्तीस वर्णको साझा फूलबारी'को अवधारणाको ठीक विपरीत हो। यो पुस्तकले 'गणतन्त्र' लाई एउटा आयातित 'भाइरस' को रूपमा हेर्छ, जसले नेपालीको रोग-प्रतिरोधात्मक क्षमतालाई कमजोर बनायो।

Book Title Nepal Gantantra bata swatantraनेपाल गणतन्त्रबाट स्वतन्त्र
AuthorEkanta Sharma
ISBN9789937994170
Edition LanguageNepali
Published Year2025
PublicationBook Hill
Category राजनीति/समाज