Namrata | नम्रता
-
Writen byKrishna Abiral
- PublisherManjari Prakashan
- Year2017
प्रेमको बहुलस्वरूप र मौन विद्रोहलाई सशक्त रूपले प्रस्तुत गर्न सफल भएको छ उपन्यास नम्रता । उपन्यासकी नायिकाले आफ्नो प्रेमका लागि समाजका नियम-कानुन र मूल्यमान्यताका सबैखाले लक्ष्मणरेखा पार गर्छिन् । अत्याचारका पराकाष्ठा नाघेर उत्कर्षमा पुग्छिन् । प्रेममाथिको पारिवारिक, सामाजिक, लैङ्गिक र वर्गीय अतिअत्याचारको चिरफार गरिएको मर्मस्पर्शी उपन्यास हो यो ।
पचासको दशकको झापाको परिवेशमा लेखिएको यस उपन्यासको प्रस्तुति अत्यन्त कारूणिक र मार्मिक छ । पढ्दा सरर बग्छ । यो उपन्यासले पाठकको मन जित्ने कुरामा ढुक्क छु ।
-डा. अर्चना थापा
"प्रेम गरेकै अपराधमा सजाय दिँदादिँदै मानसिक सन्तुलन गुमाउन पुगेकी एउटी किशोरीको भोगाइमाथि लेखिएको यथार्थपरक उपन्यास हो नम्रता । जसले हरेक अभिभावकलाई आफ्ना छोराछोरीमाथि गर्दै आएको व्यवहारका बारेमा आत्मसमीक्षा गर्न बाध्य बनाउँछ ।,