Shopping Cart
मोहपथ ।Mohapath

मोहपथ ।Mohapath

नेपाली समाजमा तकनिकिका अनेकन कथाहरु छन्। असमावेशी समाजमा परम्परागत संस्कारका खुनी हर्कतहरु छन्। आर्थिक दरारले थिलथिलो पारिएका निस्प्रिहताहरु छन। सामाजिक मर्यादामा विभेदका ठुल्ठुला खाडलहरू छन्। मानिसका गरिबी र पछ्यौटेपनमा मानिसकै संवेदना शून्य छ। नयाँ र सुखी जीवन बाँच्न मानिसहरु संघर्ष त् गरिरहेकै छन् तर एक्लाएक्लै। अलगथलग भोगाइ र बुझाइले चेप्टिएर मानिस साँच्चिकै रुग्ण बनिरहेको छ। हो, यहि क्रुर समयमा दिमाग थाङ्गथिलो भएका मानिसहरुको कथा कथ्ने शिल्पी हुन् - ललित विष्ट।
स्वैरकल्पनाजस्तो लाग्ने तर हामीले ठीक यतिबेला बाँचिरहेको यथार्थता नै यस कृतिको विशिष्टता हो। मनोवैज्ञानिक भावभूमिमा जटिलताहरुको पहिचान गर्दै दु:ख निरुपण लेखिएका ललितका कथाहरुले पाठकहरुलाई नयाँ स्वाद दिनेछन। विश्वासका साथ भन्न सकिन्छ, यो नेपाली आख्यानमा दरिलो कृति हो।

Book Title मोहपथ ।Mohapath
Authorललित बिष्ट
ISBN9789937705479
Edition LanguageNepali
Published Year2019
PublicationPhoenix Books
Pages300
Category कथा