
मेरो चिज कसले हटायो ?
-
Writen byस्पेन्सर जोन्सन
- PublisherPachpokhari Prakashan Griha
मेरो चीज कसले हटायो ? एउटा कथा हो । कथामा चार पात्रहरू छन्, दुई वटा मुसा र चार जना साना मान्छेहरू । ती चार पात्रहरूले सम्पूर्ण मानवीय स्वभावको प्रतिनिधित्व गर्छन् । हरेक मानिस चार पात्रहरूमध्ये एकमा अटाउँछ ।
चार पात्रहरूले चीजको खोजीमा यात्रा शुरू गर्छन् । यहाँ चीज भनेको जागिर, पैसा, खुशी, स्वास्थ्य, अध्यात्म आदि हो ।
यात्राका क्रममा विभिन्न गल्छेडाहरू आउँछन् । कसैले सजिलै गल्छेडा पार गर्छन् भने कोही अल्किरहन्छन् ।
यो सानो कथाले जीवनमा आइपर्ने परिवर्तनलाई कसरी सामना गर्ने भनेर सिकाउँछ । आफू चार पात्रहरूमध्ये कुनमा पर्छ र त्यसमा पर्नुको कारण के हो भनेर यस कथाबाट बुझ्न सकिन्छ । साथै आफू अल्फेको कारण थाहा पाएर त्यसमा परिवर्तन कसरी ल्याउने भनेर समेत सिक्न सकिन्छ ।