Shopping Cart
marnuaghiमर्नुअघि

marnuaghiमर्नुअघि

कुनै बेला 'शिरिषको फूल र मर्नुअधि' मा बिश्वविद्यालय स्तरमा तुलनात्मक अध्ययन् भयो भने त्यतिबेला यसको पार्श्वख्यानको बारेमा पुनः उत्खनन् हुनेने ६। उता सुयोगवीर छ यता सुदर्शन छ। दुवै पुरुष हुन् नारीलाई आफ्नो कठपुतली सम्झिने । यसको बिस्तृत समकालिन आँखामा 'शिरिषको फूल' र 'मर्नुअघि' को ससालोचना म पछि लेख्नेनै छु । 'मर्नुअघि' उपन्यासमा जमुनाले जुन दुःखहरूको सपाटे व्याख्यो गरेकी छिन्, ती हजारौं दीपाहरूको शोषणको हुरिमा निस्सासिएर बलेको अग्नीको आवेग हो । जमुनाभित्र दीपा तिरोहीत बनेर लेखिएको यो 'मर्नुअघि उपन्यास होइन यो त आँसुको महाकाव्य हो। लक्ष्मण सिटौला, साहित्यकार/पत्रकार *** जमुना भट्टराई एक प्रखर कवि हुन् । उनमा निहित त्यो प्रतिभाको प्रत्यक्ष प्रमाण यसअघि नै प्रकाशित उनको कविता सङ्‌ग्रह 'अपदस्थ अस्तित्व' ले पेश गरिसकेको छ । अब उनी फेरि एक सशक्त आख्यानकारको रूपमा उदाएकी छिन्, उपन्यास- 'मर्नुअघि' मार्फत् । उपन्यासका पृष्ठहरू पल्टिँदै जान्छन्, घटनाहरूका शृङ्खला चलचित्रका दृश्यझै आँखै अगाडि सलबलाइरहन्छन् । मन अझै अधैर्य भएर निरन्तर अगाडि बढ्न चाहन्छ । थामीनसक्नु कौतुहलता र खपिनसक्नु पीडाबोधले औपन्यासिक धरातल कतिबेला छिचोल्छ पत्तै हुँदैन । यहाँ न कुनै भ्रान्तिको भकारी छ, न त कुनै स्वैर कल्पनाको चाङ । यो केवल लहड अनि रहमा लेखक हुन गरिएको फुर्सदिलो अभ्यास पनि होइन । यो त एउटा इमानदार लेखकले कलात्मक उतारेको जर्जर नेपाली समाजको कुरूप चित्र हो। यो पुस्तक लर्तरी मुद्दा बोकेर आएकै छैन । सम्भवतः नारी सवेदनाको चरम गहिराईमा पुगेर यत्तिको सुललित आख्यान भन्ने कृतिहरू विरलै पाइएलान् । लेखनको हिसाबले पनि यति नवीन, पृथक र आकर्षक शैली डिजाइन गरिएको उपन्यास पाउन हम्मे नै पर्ला । विषय गाम्भिर्यता र भाव मर्मस्पर्शीताले हरेक हरफमा हिक्का छुटाउँछन् । नेपाली आख्यान आकाशमा 'मर्नुअघि' उपन्यास कालजयी बनेर अनन्त कालसम्म चम्किरहने कुरामा विश्वस्त हुन सकिन्छ । गणेश खड्‌का, कवि/साहित्यकार

Book Title marnuaghiमर्नुअघि
AuthorJamuna bhattrai
Edition LanguageNepali
Published Year2025
Publicationnepali sahitya samaj
Category उपन्यास