
मान्ठा डराएको जुग
-
Writen byमोहन मैनाली
- PublisherFineprint Books
- Year2015
अमेरिकी कवि स्टेफन क्रेनले कस्तो लडाइँ देखे कुन्नि, युद्ध दयालु हुन्छ भनेर कविता लेखे । उनले त्यो कविता लेखेको झन्डै एक सय वर्षपछि नेपालमा दस वर्ष लडाइँ भयो । यसले लडाकुलाई मात्र होइन लडाइँमा नलागेका मानिसलाई पनि पिल्स्यायो । यस पुस्तकमा लडाइँले मारेका ती मानिसका कुरा छन् जो आपूm र आफ्ना परिवारको ज्यान बचाउन रातोदिन मेहनत गर्थे । यस पुस्तकमा ती जीवित मानिसका कुरा पनि छन् जो आफन्त वियोगको पीडाले जिउँदै, पटकपटक मारिएका छन् । लडाइँमा कतै पनि नलागेका पत्रकारले देखेको त्यस कठोर युगको, त्यस निर्दयी लडाइँको चित्र हो मान्ठा डराएको जुग |
मोहन मैनाली पत्रकार तथा बहुचर्चित वृत्तचित्र ‘जोगीमाराका ज्यूँदाहरू ’का निर्देशक हुन् । उनको ‘उपल्लो थलो’ नियात्रा पनि प्रकाशित छ ।