
मैले देखेको दरबार । Maile dekheko darabaar
-
Writen byBibek Shah
- PublisherSangrila Books
'मैले देखेको दरबार' राजदरबारमा तीन दशक बिताएका पूर्व सैनिक सचिव रथी विवेक कुमार शाहको संस्मरण हो । पुस्तक राजदरबारभित्रको महत्त्वपूर्ण निकाय प्रमुख सैनिक सचिवालयको जिम्मेवारी सम्हाल्दाताका उहाँले आफ्नो डायरीमा टिपेका भोगाइ र घटनाक्रमहरूको संगालो हो, जसमा उहाँका रोचक संस्मरण र केही महत्त्वपूर्ण घटनाक्रमको विश्लेषण समेत समावेश गरिएको छ ।
नेपालको राजसंस्था, राजकाज तथा राजदरबारको कार्य प्रक्रियाबारे विस्तृत जानकारी दिने यो पहिलो पुस्तक हो भन्नु अत्युक्ति हुनेछैन । यस क्रममा लेखकले तत्कालीन राजाहरू वीरेन्द्र र ज्ञानेन्द्रसंग काम गर्दाका खास-खास घटनाक्रमलाई राम्रोसंग चित्रण गर्नुभएको छ । यो एक उच्च सैनिक अधिकारीको निजी जीवन-गाथा मात्र होइन, नेपाली राजनीतिका थुप्रै अनुद्घाटित पाटाहरूलाई सार्वजनिक गर्ने महत्त्वपूर्ण दस्तावेज पनि हो । कतिपय दृष्टकोणबाट यस पुस्तकले 'दरबारबाट देखिएको नेपाल' को आभास पनि दिनेछ । हाम्रो इतिहासलाई सही र तथ्यपरक ढङ्गले लिपिबद्ध गर्न समेत यसले मदत पुराउने छ ।