
महको म
-
Writen byमदनकृष्ण श्रेष्ठ
- PublisherFineprint Books
- Year2017
असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ‘रोलर कोस्टर’ जीवनको कथा हो, महको म । पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक सङ्घर्ष, रुमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उहापोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रामा पाठकलाई डो¥याउँछ । पुस्तक पढ्दै गर्दा लाग्छ— दुःखका पहाड कति अग्ला, संवेदनाका खाडल कति गहिरा, हैरानीका गुजुल्टा कति जेलिएका र खुसीका रङ कति चहकिला हुन सक्छन् भनेर ।