
Lalitya | लालित्य: भाग १ र २
-
Writen byLekhnath Paudyal
- PublisherManjari Prakashan
- Year2001
कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित अति लोकप्रिय कविताहरूका सङ्कलन हुन- 'लालित्य भाग १ र २' । कवि जीवित छँदै बि. सं. २०१० सालमा छापिएको भाग १ मा ६१ वटा र कवि दिवाङ्गत भैसकेपछि २०२५ सालमा छापिएको भाग २ मा ३८ वटा रचना समेटिएका छन्।
मानवता र प्रकृतिप्रेम छचल्किएका यी कविताहरू साँच्चिकै रसमय छन् । बालबालिकादेखि सामान्य साक्षरसम्मले पनि वाचन गर्नसक्ने यी कविताले मीठो काव्यिक मिठास दिन्छन् ।
दार्शनिक चिन्तनः कविशिरोमणिका हरेक रचनाको विशेषता नै हो । सरल शैलीमा उच्चकोटिको सन्देश दिने यी कविताले कविशरोमणिलाई वास्तवमै अमर बनाएका छन्