Shopping Cart
Lalit Kala ra Sahitya ललितकला र साहित्य

Lalit Kala ra Sahitya ललितकला र साहित्य

श्री जनकलालज्यूले 'ललित-कला र साहित्य' लेखेर यौटा अत्यन्त समयोपयोगी काम गर्नुभएको छ । यस सानो पुस्तकमा लेखकले कला र साहित्यमा प्रवेश गर्नका लागि सरल भाषामा पर्याप्त सामग्री दिनुभएको छ ।
- राहुल सांकृत्यायन
विद्वान् लेखकले परिश्रमपूर्वक लेखेको यो पुस्तक नेपाली साहित्यमा कलाका विषयको प्रथम पुस्तक हो । विद्वान् लेखकका मतसँग यत्रतत्र कुनै कुरामा केही मतभेद भए तापनि यो पुस्तक महत्त्वपूर्ण छ भन्ने कुरामा केही सन्देह छैन । श्री जनकलाल शर्मा महोदयको यो आफ्‌नो विषयको प्रथम नेपाली पुस्तकले नेपाली भाषाप्रेमीहरुबाट मनग्गे आदर पाउला भन्ने मेरो आशा छ ।
- सूर्यविक्रम ज्ञवाली
नेपालीलाई निजी कला र संस्कृतिका मौलिकता तथा विश्व प्रभावक गुणहरुसँग परिचय दिलाउने जो यसमा सफल प्रयत्न पाइन्छ, त्यसले त यो ग्रंथ नेपाली मात्रले एक प्रिय रत्न झै अपनाउनु नै आवश्यक देखिन्छ ।
- महाकवि लक्ष्मीप्रसाद देवकोटा

Book Title Lalit Kala ra Sahitya ललितकला र साहित्य
Authorजनकलाल शर्मा
ISBN9789937921633
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages142
Category गैरआख्यान