Shopping Cart
Kavi Bhanubhakta | कवि भानुभक्तको जीवन चरित्र

Kavi Bhanubhakta | कवि भानुभक्तको जीवन चरित्र

आदिकवि भानुभक्त आचार्यका बारेमा मोतीराम भट्ट स्वयम्ले लेखेको कृति हो यो । साथमा सूर्यविक्रम ज्ञवालीद्वारा लिखित 'भानुभक्तको संक्षिप्त जीवनचरित्र' र आदिकविका फुटकर रचनाहरु पनि समावेश छन् ।
मोतीराम भट्टको कृति वि. सं. १९४८ मा पहिलोपल्ट छापिएको थियो । यस कृतिमा लेखकले आदिकविका आनीबानीका बारेमा केस्राकेस्रा केलाएको छन् । भानुभक्तका भतिजासँगको वार्तालापबाट तयार गरिएको एस कृतिलाई आदिकविलाई चिनाउने आधिकारिक कृति मानिन्छ ।
भट्टकृत पुस्तकभित्र आदिकविका सृजनाका महत्वपुर्ण अंश र तिनका निहित विचारहरुका बारेमा समेत बताइएको छ । वि. सं. २०११ सालतिर छापिएको सूर्यविक्रम ज्ञवालीलिखित कृतिले आदिकविको चिनारी प्रष्ट पारेको छ ।
आदिकविका आनीबानी, उनको जीवनमा आएका उतारचडाव, रचानाधर्म र तिनमा निहित विचारको गहनताका बारेमा जान्न चाहनेका लागि यो कृतिको विकल्प छैन ।

Book Title Kavi Bhanubhakta | कवि भानुभक्तको जीवन चरित्र
AuthorSurya Bikram Gyawali, Motiram Bhatta
ISBN9789937919845
Edition LanguageNepali
Published Year2017
PublicationManjari Prakashan
Pages96
Category आत्मकथा संस्मरण