Shopping Cart
कति धुनु गधाहरुलाई !। Kati Dhunu Gadhaharulai !

कति धुनु गधाहरुलाई !। Kati Dhunu Gadhaharulai !

एकथरी फूल हुन्छन्- जङ्गल नै ढाक्ने गरी फुल्ने तर वास्ना जति खोजे पनि नभेटिने। अर्काथरी फूल हुन्छन्- वास्ना जङ्गल नै ढाक्ने गरी आउने तर फूल जति खोजे पनि नभेटिने। कुमान्छे फुलेर मान्छेको ठेगाना नै हराउने गरी ढाकेको यस जङ्गलमा जङ्गल नै वास्ना आउने गरी लुकेर फुल्ने फूलको एउटा बुटो हुन् लक्ष्मण गाम्नागे। यो पुस्तक त्यही बुटोको वास्ना हो।

लक्ष्मण गाम्नागे लहरा, पहरा र छहराका लागि लेख्दैनन्। घाम, जून, बिजुली र बादलका लागि पनि लेख्दैनन्। यिनी राजा र राजकुमारहरूका लागि लेख्दैनन्। पुरस्कारका लागि पनि लेख्दैनन्। निर्जीव वस्तुका लागि लेख्ने जिम्मा कुम्भकणर्हरूलाई दिएर यिनी जिउँदा मानिसहरूका लागि लेख्छन्। पुरस्कारको डिपार्टमेन्टल स्टोर खोलेर बसेका कुनै पनि साहुजीको ग्राहक बन्न सक्ने क्षमता यिनमा छैन।
- अर्जुन पराजुली