
Karagar | कारागार
-
Writen byBanira Giri
- PublisherManjari Prakashan
- Year2018
हरेक मान्छे आफ्नै इच्छाहरूको कैदी हुन्छ, सामाजिक एवम् पारिवारिक सीमा र मर्यादाहरूको कारागारमा थुनिएको हुन्छ । एकतर्फी प्रेममा परेको मान्छे त झन् कालकोठरीभित्रको उकुसमुकुसमा बाँचेको हुन्छ ।
'कारागार' त्यस्तै पात्रको मनोविचरणमा आधारित छ । नेपाली साहित्यका दार्शनिक उपन्यासमा 'कारागार'को पनि गणना हुन्छ ।
पाठकलाई चिन्तनको गहिराइमा पुऱ्याउने कोटेसनहरू उपन्यासमा प्रशस्त छन् । सिङ्गो कृति पढेपछि पाठकको मनस्थिति र जीवनप्रतिको सोच पहिलेजस्तो पटक्कै रहँदैन, पक्का ।