Shopping Cart
Kanda ma Hanseko Jindagi | काँडामा हाँसेको जिन्दगी

Kanda ma Hanseko Jindagi | काँडामा हाँसेको जिन्दगी

कालीप्रसाद रिजाल प्रसिद्ध गीतकार तथा कवि हुन् । रिजालका एक दर्जन कृति प्रकाशित छन् । ख्यातिप्राप्त गायक नारायण गोपालको अभिप्रेरणाले गीतिसाहित्यमा लागेको स्वीकार गर्ने उनले दर्जनौँ सर्वकालिक गीत सिर्जना गरेका छन् । आम मान्छेको भावनालाई सरल भाषामा गीत बुन्न रुचाउने रिजालले गीतिनाटक र बालसाहित्यमा पनि कलम चलाएका छन् ।
वि. सं. १९९६ मा सुनसरीमा जन्मेका रिजालले लामो समय निजामती सेवामा बिताए । उनले २०२२ सालमा भूमिसुधार अधिकारीबाट सरकारी कामकाजको यात्रा थाले । सूचना विभागको निर्देशक हुँदै २०४८ सालमा कार्यवाहक सचिवबाट अवकाश लिए ।उनको यो जीवनकथा निजी बाटो हुँदै सरकारी कामकाजको औपचारिक बाध्यतामा बाँधिंदाको अनुभव र गीत, कविताले प्रदान गरेको आंशिक स्वतन्त्रताको सेरेफेरोमा घुमेको छ ।

Book Title Kanda ma Hanseko Jindagi | काँडामा हाँसेको जिन्दगी
Authorकालीप्रसाद रिजाल
ISBN9789937932059
Edition LanguageNepali
Published Year2019
PublicationNepa~laya
Pages357
Category आत्मकथा संस्मरण