
काफ्काको काम सकियो/ Kafkako kam sakiyo
-
Writen byराजभ
- PublisherSangrila Books
- Year2022
२०११ साल कात्तिक १५ गते काठमाडौँको मरूटोलमा जन्मनु भएका साहित्यकार राजवका ६ कथासङ्ग्रह, ६ उपन्यासका अतिरिक्त ३ कवितासङ्ग्रह, २ नाटकसङ्ग्रह, १ संस्मरणसङ्ग्रह, १ व्यङ्ग्यसङ्ग्रह र २ बालसाहित्यका गरी हालसम्म २१ पुस्तक प्रकाशित भएका छन् । नेपाली साहित्यको आख्यान लेखनमा विशिष्ट पहिचान बनाउनु भएका राजवको आख्यानमा काठमाडौँ, मधेश, पहाड, काँठ र अमेरिकी परिवेश र तिनको जनजीवन र भूगोलको प्रभावकारी सूक्ष्म चित्रण पाइन्छ । पाठकहरू भन्छन् राजवको आख्यान पढ्नु भनेको आख्यानात्मक कला र त्यसको प्रभावसँग साक्षात्कार हुनु हो । समय र समाज जान्नु हो ।