
Janyuddhaka Nayak | जनयुद्धका नायक
-
Writen byRamprasad Kharel
- PublisherManjari Prakashan
- Year2019
वर्तमान नेपाली राजनीतिको मियो हुनुको नाता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का आलोचकहरू प्रशस्तै छन् । यद्यपि नेपालमा गणतन्त्र स्थापना र समाज रूपान्तरणका लागि यिनको योगदान अतुलनीय छ ।
यो पुस्तक उनको जीवन-सङ्घर्षको गाथा मात्रै होइन, एउटा अति विपन्न परिवारमा जन्मेको मान्छे कसरी मुलुकको राजनीतिक प्रणाली नै परिवर्तन गर्ने कुराको अगुवा हुन सक्छ भन्ने कुराको शब्द-चित्रण पनि हो । अनि नेपाली कम्युनिष्ट इतिहास र मुलुकले भोगेको एउटा कालखण्डको दस्तावेज पनि हो ।