Shopping Cart
जहाजी सिन्दाबाद

जहाजी सिन्दाबाद

'जहाजी सिन्दवादको कथा' विश्वप्रसिद्ध कथा शृंखला 'अरबका रातहरु'कै एउटा कडी हो | धेरै समयसम्म मौखिक आख्यानका रुपमा प्रचलित यी कथाहरुमा धेरै पाठान्तर पाइएका छन् र अनेक भाषामा ति  छापिएका छन् | 


'अरबका रातहरु'कै एक हिस्सा भैकन पनि सिन्दवादका कथाहरुले विश्व साहित्यमा एउटा छुट्टै र विशिष्ट स्थान ओगटेकाछन् | सात सात पटकको समुद्री यात्राको सिलसिलामा सिन्दवादले भोग्नुपरेको अनौठा र विष्मयकारी घटनाक्रमका बयान पढ्दा के वयस्क के बालक सबै रोमान्च, कौतुहलका साथै आनन्दको अनुभूति गर्छन |