
हम जाएगाका हँस्यौली/ hamjayega hansyauli
-
Writen byओजस्वी भट्टाराई
- PublisherManjari Prakashan
- Year2019
तीसदेखि पचासको दशकमा पूर्वोत्तर भारत र पूर्वी नेपालमा साँच्चै लोकप्रिय थिए हम जाएगा । रसिला खालका हँस्यौली सुनाएर अरूलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउने उनी युवावर्गका ढुकढुकी नै थिए । उनका जोक्सहरू कण्ठस्थ पारेर जमघटमा नसुनाउनेहरू विरलै हुन्थे ।
हम जाएगाका जोक्सहरूमा प्रचुर हास्यरस मात्रै होइन, सामाजिक सन्देश पनि हुन्छ । विकृति र विसङ्गतिमाथि चोटिलो कटाक्ष गरिएका उनका जोक्सहरूमा खाँटी नेपालीपन भेटिन्छ ।
यो पुस्तक उनै हम जाएगा उर्फ दलबहादुर गुरुङका सार्थक र जीवनोपयोगी जोक्सहरूको सँगालो हो ।