Shopping Cart
हाय राजमती/Hai Rajmati

हाय राजमती/Hai Rajmati

  • Suresh Kiran
    Writen bySuresh Kiran
  • PublisherImprint Publishers
  • Year2026

हाय राजमती सांस्कृतिक निबन्धहरूको सङ्ग्रह हो। नेपाल भाषाका प्रतिभाशाली कवि, निबन्धकार, पत्रकार तथा सांस्कृतिक अध्येता सुरेश किरणका यस कृतिका निबन्धहरूले मूलतः नेवार जातिको सभ्यता, संस्कृति, चालचलनका साथै काठमाडौं, भक्तपुर र ललितपुरसँग सम्बन्धित जात्रापर्वहरूको ऐतिहासिक महत्व र सम्बन्धलाई तथ्यपरक ढङ्गले प्रस्तुत गरेका छन् । यी निबन्धले इन्द्रजात्रा, मत्छेन्द्रनाथ जात्राका साथै जीवित देवीका रूपमा पूजित कुमारी र तिनसँगै पुर्जिदै आएका जीवित देवताहरूको बारेमा तथ्यात्मक दृष्टिकोण प्रस्तुत गर्दछन् । यस पुस्तकले नेवारी भाषाको लोकप्रिय गीत राजमतीको ऐतिहासिक महत्त्वका साथै इन्द्रचोक, असन र काष्ठमण्डपबारे अनेक तथ्यहरूलाई उजागर गरेको छ । मनाङ, लाहोर, कुमाउँ जस्ता स्थान र भाषाबारेको लेखकीय दृष्टिकोण र काव्यात्मक भाषा प्रस्तुत निबन्धसङ्ग्रहका विशेष पक्ष हुन् ।

Book Title हाय राजमती/Hai Rajmati
AuthorSuresh Kiran
ISBN9789937993388
Edition LanguageNepali
Published Year2026
PublicationImprint Publishers
Category निबन्ध