Shopping Cart
ज्ञानीकाGyanika

ज्ञानीकाGyanika

ददि सापकोटाले लेखेको गैरआख्यान ज्ञानिका यस्ता साहसी अनि कर्मशील व्यक्तित्वहरूको कर्म-गाथा हो, जसले नेपाली प्रकृति, संस्कृति, वन्यजन्तु संरक्षण र विज्ञानको क्षेत्रमा सिङ्गो जीवन अर्पण गरे । यस पुस्तकमा त्यस्ता स्वर समेटिएका छन्, जहाँ हिमनदी, हिमताल, अनकन्टार डाँडाकाँडा, गडगडाउँदै बग्ने नदी, बाघको हेराइ, गैंडाको ढरढर र हात्तीको हुङ्‌ङ्कारलाई नजिकैबाट सुन्न पाइन्छ । पुस्तकमा त्यस्ता थुप्रै प्रसङ्ग छन्, जो हात्ती, बाघ र गैंडासँग आमनेसामने भए । बाघको गुफाबाहिर सुते । आफ्नो सि‌ङ्गो जीवन नै दाउमा राखे । ज्ञानिका त्यस्तै 'कर्म-नायक'हरूको अनुभव, सङ्घर्ष र साहसको कथा हो । यी पात्रहरूको अनुभव पढ्दा नेपालका विविध पाटाहरूको ज्ञान हुन्छ नै, पाठकले ती पात्रहरूसँगै यात्रा गरेको अनुभव पनि गर्छन् ।

Book Title ज्ञानीकाGyanika
AuthorDadi Sapkota
ISBN9789937790765
Edition LanguageNepali
Published Year2025
PublicationFineprint Books
Category नेपाली साहित्य