Shopping Cart
गौना / Gauna

गौना / Gauna

यस उपन्यासका लेखक अधिवक्ता माधव प्याकुरेल बारामा हुर्किएका र काठमाडौँमा कानून व्यवसाय गरिरहेका सफल कानुन व्यवसायी हुन् । बारका विभिन्न समितिमा रहेर काम गरिसकेका उनी विभिन्न सामाजिक एवं आध्यात्मिक संघ-संस्थामा समेत आवद्ध छन् । प्याकुरेलका राजनीति, कानून, साहित्य, आध्यात्मिक चिन्तन, यात्रा साहित्य एवं आख्यान क्षेत्रमा पनि उल्लेख्य लेख प्रकाशित छन् । उनको गुलरको फूल नामक उपन्यास (२०७२) प्रकाशित भएको हो । अहिले त्यसको दोश्रो भाग गौना उपन्यास तपाईंका हातमा छ ।

'गौना' तराई प्रदेशको सुगन्धले र समस्यामा केन्द्रित भएको उपन्यास हो । यो उपन्यास हृदयस्पर्शी घटनाबाट उत्पन्न संवेदनाले परिपूर्ण छ । भारतका महान् कथाकार प्रेमचन्द र फणीन्द्रनाथ रेणुकै पदचिन्ह देखाउने यो कृति मार्मिक हो । यसलाई एकपल्ट पढ्नै पर्ने देखिन्छ । नेपाली नागरिकताका सम्बन्धमा कुनै बेला श्रमिकले लगाउने नाराले सत्ता स्थापना भए पनि सुलभ हुन नसकेको यथार्थ र नागरिकताले रोकिएको गौनालाई यस उपन्यासले सोच्न बाध्य बनाउने छ र अब समाजमा रहेका समस्या समाधानतिर जाने छ भन्ने विश्वास लिइएको छ ।

-दुर्गाप्रसाद श्रेष्ठ

Book Title गौना / Gauna
Authorमाधव प्याकुरेल
ISBN9789937965828
Edition LanguageNepali
Published Year2024
PublicationOriental Publication
Pages238
Category उपन्यास