Shopping Cart
गल्ली संसार / Galli Sansar

गल्ली संसार / Galli Sansar

वन-पाठशालाबाट निस्किएका यायावार हुन्- रोशन शेरचन; जसले निर्जीव-अक्षरहरूलाई सजीव-निबन्ध बनाउँछन् ।
कतै मानव-प्रकृतिको अन्तरसम्बन्ध, सहअस्तित्व र संरक्षणलाई साहित्यसँग जोड्दै रैथाने तथा आदिवासी बिरुवा र संस्कृतिको बखान गर्छन् भने कतै लेखनलाई आत्मसङ्घर्ष मान्दै आफूलाई प्रभाव पारेका पुस्तक र मनपर्ने लेखकबारे लेखेर मुक्त हुन्छन्। कतै सङ्गीतका सुरहरूमा स्वतन्त्रता र विश्वकलाको मानक खोज्ने शिल्पीहरूका लय, यति, गति र मात्राहरूलाई मापन गर्छन् भने कतै सङ्घर्ष, पीडा, भ्रम, ऐकान्तिकता, कोलाहल र आशाको गल्लीलाई 'गल्ली संसार' बनाउँछन् ।
निबन्धलाई कथा वाचनकै एक माध्यम मान्ने शेरचनले यथार्थवादी धार र अनौपचारिक भाषाशैलीमा यस सङ्ग्रहका निबन्धमा निबन्धीय-स्वर्णलेपन गरेका छन्।
विषयवस्तुको विविधता, बौद्धिक–वैचारिकी, भाषिक-लालित्य र लेखकीय इमानदारीका निम्ति 'गल्ली संसार' निबन्धसङ्ग्रह सदा स्मरणीय रहनेछ।