
एकलानुभूति: चुनिएका निबन्ध । Eklaanubhuti
-
Writen byमनुजबाबु मिश्र
- PublisherFineprint Books
- Year2020
मनुजबाबु मिश्रको कलाकुथी जति विलक्षण छ; रङको संयोजन जति गम्भीर र अर्थपूर्ण छ; बौद्धिक परिपाक जति उज्ज्वल, उच्च र उत्कृष्ट छ, निबन्धमा मुन्ध, मग्न र मक्ख कलम पनि उत्तिकै प्रभावकारी, सार्थक र ओजपूर्ण छ । उहाँको गद्यात्मक उपलब्धिभित्र उहाँका दशकीका अध्ययन, अध्यवसाय र अनुसन्धानको अनुभूतिजन्य इमानदारी पाइन्छ । यो त्यो इमान हो, त्यो स्पष्टवादिता हो र त्यो गाम्भीर्य हो, जसले पाठकका समस्त हृदयको शिकाहरूलाई हल्लाइदिन्छ । सम्पूर्ण नसाहरूलाई अङ्कत पारिदिन्छ । र समग्र अस्तित्वलाई खलबल्याएर पुनर्विचार, नवीन चिन्तन र नूतन विश्लेषणतर्फ अनिवार्य रूपले डोन्याउँछ।