Shopping Cart
दुर्गा हजुरमाको  भुत।  Durga Hajuramako Bhut

दुर्गा हजुरमाको भुत। Durga Hajuramako Bhut

भूतको अस्तित्व छ । त्यो आम अन्धविश्वासी मानिसको मनमा राज गरेर बसेको छ । हाम्रा बालबालिकाको मनमा पसेर भूतले उनीहरूको सिर्जनशीलता र आत्मविश्वास खाइरहेको छ ।

भूतलाई अकाट्य वैज्ञानिक तर्कद्वारा विस्थापन गर्नसमेत सजिलो छैन भन्ने सत्य प्रदीप नेपाललाई थाहा छ । यस कृतिमा उनले बालबालिकाको कोमल हृदयमा युगौँदेखि जरा गाडेर बसेको दुष्ट मृतात्मा वा संहारकारी भूतलाई सरल तर्क प्रयोग गरेर मानवतावादी भूमिका दिएका छन् । भूतको त्रासबाट बालबालिकालाई जोगाएका छन् ।

उपन्यास निकै रोचक छ । यसले बालबालिकाको चेतनामा वास्तवमा भूत भन्ने वस्तु हुँदै-हुँदैन भन्ने यथार्थबोध गराउने छ ।

Book Title दुर्गा हजुरमाको भुत। Durga Hajuramako Bhut
Authorप्रदीप नेपाल
ISBN9789937924344
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages99
Category किशोर साहित्य