Doshi Chasma | दोषी चश्मा
-
Writen byविश्वेश्वरप्रसाद कोइराला
- PublisherLipi Books
- Year2016
धुलोमा लटपटिएको दुलहापट्टि ध्यान नदिएर तिनी
घोडाको आङ सुमसुम्याउन थालिन् । घोडाको
नाकका पोरा क्रोधले फुलेका थिए । तिनबाट
पानी मिसिएको श्वास बगिरहेको थियो । घोडाले
विजय पायो, शत्रु पराजित भएर भुइँमा पछारिएको
थियो । घोडाको शक्तिका विषयमा कर्नेल्नीलाई
केही शङ्का थिएन । घोडा तिनको लागि एउटा
घमण्डको कुरा थियो । मायाले तिनले आफ्नो गाला
घोडाको अयालले छोपिएको गर्दनमा राखिन् ।
'कर्नेलको घोडा' बाट