Shopping Cart
चार वेदको सार | Char Vedh Ko Sar

चार वेदको सार | Char Vedh Ko Sar

वेदमा नारीको स्थान के छ ? भौतिक आविष्कार र विज्ञानका बारेमा वेदले के भन्छ ? तन्त्रसाधनालाई कसरी व्याख्या गरेको छ ? छुवाछूत र धर्म-संस्कारका बारेमा वेदले के बोलेको छ ?

जीवन र जगत्का बारेमा सूक्ष्मतम् रूपले व्याख्या र विश्लेषण भएको उत्कृष्ट ग्रन्थ हो- वेद । सदीयौँदेखि ऋषि परम्पराबाट पुस्ता हस्तान्तरण हुँदै आएको वेद पूर्वीय सभ्यताको अमूल्य निधि हो । वेदभन्दा प्राचीन अर्को कृति अहिलेसम्म फेला परेको छैन । वेदभित्र जेजति कुरा छन्, ती अन्यत्र कहीं छैनन् ।

पश्चिमाजगत्ले समेत उच्चसम्मान र उच्चमूल्याङ्कन गर्दै आएको छ वेदलाई । यही वेदका बारेमा हामीमध्ये धेरैजसो अनभिज्ञ छौं । यसलाई हामीले हिन्दू धर्मग्रन्थका रूपमा मात्रै बुझदै आयौँ । संस्कृतका श्लोकमा, मोटा ठेलीहरूमा भएकाले पनि आममानिसका लागि वेद सहज हुन सकेन ।

प्रस्तुत पुस्तक अहिलेका व्यस्त पाठकको रूचिलाई ख्याल गर्दै सरल रूपमा तयार गरिएको छ । माथि उल्लेख गरिएका प्रश्नहरूको उत्तर खोजिएको छ । चार वेदका महत्त्वपूर्ण र सारभूत कुरा बुझ्न यस पुस्तकले पक्कै मद्दत गर्नेछ ।

Book Title चार वेदको सार | Char Vedh Ko Sar
Authorतिलकप्रसाद लुइटेल रोशन दाहाल
ISBN9789937916226
Edition LanguageNepali
Published Year2017
PublicationManjari Prakashan
Pages502
Category क्लासिक धार्मिक