Shopping Cart
सीडीओका १७ वर्ष / CDO Ka 17 barsha

सीडीओका १७ वर्ष / CDO Ka 17 barsha

६५ वर्षीय नरेन्द्रराज पौडेल नेपाली साहित्यमा एक स्थापित स्रष्टा अनि कुशल निजामती प्रशासकका रूपमा परिचित छन् ।

संवत् २०३२ देखि २०६४ सालसम्म नेपाल सरकारको प्रशासन सेवामा संलग्न रहेका पौडेल लोकतन्त्र बहालीपछि करीब दुई दशकसम्म प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संवेदनशील र घचिलो पदमा कार्यरत रहे । २०४६ देखि २०६४ सालसम्मको अत्यन्त अस्थिर एवं द्वन्द्वग्रस्त अवस्थामा जिल्लाहरूको शान्तिसुरक्षा कायम गर्ने र प्रशासनिक गतिविधि सञ्चालन गर्ने जोखिमपूर्ण कार्य गर्दै रहे । त्यही कालखण्डको ऐना हो सीडीओका १७ वर्ष । आम पाठक वर्गका लागि वर्तमान नेपालको प्रशासनिक कमजोरी तथा आर्थिक, सामाजिक र राजनीतिक विसङ्गति र दुरवस्था बुझ्न प्रस्तुत कृति एउटा वृत्तचित्र साबित हुनेछ भने राष्ट्रसेवक वर्गका लागि धेरै कुरा जान्ने, सिक्ने र थाहा पाउने बाह्रखरी समेत हुनेछ ।

पौडेल विक्रमको तीसको दशकदेखि नै कविता, कथा, नियात्रा र निबन्ध लेखनमा सक्रिय छन् । उनी मूलत यथार्थवादी घ्राराका कवि हुन् । हास्यव्यङ्ग्यप्रधान निबन्धहरूले उनको विशिष्ट गद्यकार व्यक्तित्वको परिचय गराउँदै आएका छन् । कथा क्षेत्रमा उनी अतियथार्थवादी कथाकारका रूपमा सुपरिचित छन् । लेखनका लागि दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका पौडेलका दुई वटा कवितासङ्ग्रह, चार वटा कथा सङ्ग्रह, एउटा समीक्षा सङ्ग्रह, दुई वटा नियात्रा सङ्ग्रह तथा पाँच वटा निबन्ध सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

Book Title सीडीओका १७ वर्ष / CDO Ka 17 barsha
Authorनरेन्द्रराज पौडेल
ISBN9789937629522
Edition LanguageNepali
Published Year2014
PublicationKathalaya Inc.
Pages291
Category संस्मरण