Shopping Cart
बाइ द बुक ।  By the Book

बाइ द बुक । By the Book

मिडिया हेर्नुस् वा सोसल मिडिया, चिया पसल छिर्नुस् या चौतारी: तपाई यत्रतत्र-सर्वत्र सुन्नुहुन्छ- "यो देशमा राम्रो केही छैन, यहाँ बसेर कामै छैन। तपाईलाई पनि यस्तै लाग्छ भने यो पुस्तक पढ्नुस् आशाको सञ्चार हुनेछ, औट भरिनेछ, आत्मविश्वास जाग्नेछ, आफ्नो अस्तित्वबोध हुनेछ ।
यो पुस्तक आत्मचरितहरूको बाढीमा मिसिन आएको व्यक्तिगत भैगालो होइनः बुध्द एयरको संस्थागत सोच र सपना, सज्घर्ष र सफलता, सूत्र र सिद्धान्तको सम्यक् सँगालो हो। तीन दशकदेखि सफलतापूर्वक चलिरहेको यस्तो संस्था, जसले प्रत्यक्ष-अप्रत्यक्ष हजारौलाई रोजगारी दिन्छ, देशलाई अर्बी रुपैयाँ कर तिर्छ, सामाजिक उत्तरदायित्वमा जहिल्यै अघि सर्छ ।
बुध्द एयर फ्रान्सेली हवाई निर्माता एटिजारका जहाज पूर्ण आयु चलाएर अवकाश दिने विश्वकै पहिलो कम्पनी बनेको छ । हरेक दिन नजिकबाट सगरमाथा नियाल्ने बुध्य एयर सगरमाथा झै सिर ठाडो पारेर शुद्ध व्यवसाय गर्छ, जसको एउटै मान्यता अनि मन्त्र छ- बाई द बुक अर्थात् नियमसम्मत ।