
विनोद चौधरी – आत्मकथा । Vinod Chaudhary
-
Writen byविनोद चौधरी
- PublisherNepa~laya
- Year2013
‘विनोद, मैले एपोलो स्टीलको सेयर गोल्छालाई दिने निर्णय गरेँ |’
‘सरकार, यस्तो कसरी गर्न सकिबक्सिन्छ ?’
‘किन सक्दिनँ ?’ अधिराजकुमारी प्रेक्षाले हकार्नुभयो |
‘यो उध्योगमा मेरो ५१ प्रतिशत सेयर छ, धीरेन्द्र सरकारले देखाइबक्सेको सदासयका कारण ४९ प्रतिशत सेयर दिएको हुँ, मौसुफ कसरी एकैचोटी जसलाई पायो त्यसलाई सामेल गराउन सकिबक्सिन्छ ?’
‘ह्वाट !’ उहाँले झोक्किंदै भन्नुभयो, ‘सो यु आर गोइङ टु डिसओबे माई अर्डर ?’
‘म चाहेर पनि मौसुफको आदेश पालना गर्न सक्दिनँ सरकार |’
‘ह्वाट डु यु मिन ?’
‘मैले यो उध्योगमा चलाउन बेंकबाट ऋण लिएको छु | बेंकले मेरै नाममा ऋण दिएको छ |’
‘सो ह्वाट !’ उहाँले अनुहार रातो पार्नुभयो |
बुवा तर्सिनुभएछ | हात समातेर मलाई रोक्न खोज्नुभयो | म रोकीइनँ |