Shopping Cart
Biman Bidroha । विमान विद्रोह

Biman Bidroha । विमान विद्रोह

बीपीले कागज देखाउँदै सोध्नुभयो, 'यो तिमीले लेखेको चिठी हो मैले हो भनें ।
'यस्तो पनि लेख्ने हो ? बीपी निकै रिसाउनुभयो ।
'जे सत्य हो, त्यही लेखेको हुँ, मैले भनें । बीपीको रिस झन् बढ्यो । उहाँ झन् रातो हुनुभयो । बसेको ठाउंबाट जुरूक्क उठ्नुभयो र मेरो नजिक आएर 'यसरी पनि क्रान्ति हुन्छ ? यस्तो पनि लेख्ने हो भन्दै मेरो गालामा दुई थप्पड हान्नुभयो । मलाई साहै नराम्रो लाग्यो । आफूले जसका लागि भनेर सबै चीज छोडेर हिँडियो, ज्यानकै बाजी लगाएर जहाज अपहरण गरियो, प्रवासमा यत्रो दुःख भोगेर हिँडिएको छ, त्यही नेताले थप्पड • लगाउँदा मन खिन्न भयो ।
मैले भनें, 'मैले मेरो घर-परिवार सबै छोडेर तपाईंलाई नेता र अभिभावक मानेर हिँडेको हुँ अब म तपाईंको पार्टीमा रहन्नँ ।' म दुःखी भएर कोठाबाट बाहिर निस्किएँ । बाहिर गिरिजा, शैलजा, विजय गच्छदार, वसन्त भट्टराईहरू थिए । अब मलाई पनि ढकबहादुरलाई जसरी नै मार्ने भए भन्ने ठानें ।
नेताहरूको के भर ?

Book Title Biman Bidroha । विमान विद्रोह
Authorदुर्गा सुवेदी
ISBN9789937043717
Edition LanguageNepali
Published Year2021
PublicationKitab Publishers
Pages312
Category राजनीति संस्मरण