Shopping Cart
बाल्यकालका पदचापहरू । Balyakalka Padchap

बाल्यकालका पदचापहरू । Balyakalka Padchap

जिउनलाई साना–ठूला संघर्ष गर्ने मानिसका झैं मेरा पनि केही अनुभव छन्, सुखका र दुःखका । सफलताका र विफलताका । स्वार्थका र त्यागका । थिचोमिचोका र असन्तोषका । हेलाँहोचोका र विरोधका । जीतका र हारका । जीवनको उकाली उक्लिन खोज्दा बाटामा घरीघरी चिप्लेर लडेका कथाहरु मेरा पनि छन् । कहिलेकाहीँ चौतारी हुँदै देउरालीसम्म पुगेर जीतबाजीको सास फेरेका क्षणहरु मेरा पनि छन् । हर्षमा हाँसेका केही कुरा छन्, पीडामा रोएका केही कुरा छन् । जीवनका यिनै झिना–मसिना कुरा गाँसिएर, अनुभवमाथि अनुभव थपिँदै जीवनका ठूल्ठूला कुरा बन्दारहेछन् । इँटमाथि इँट खप्टिँदै विशाल महल बनेजस्तै । जीवनका यस्तैयस्तै झिना–मसिना कथाहरुको सङ्ग्रह हो ‘बाल्यकालका पदचापहरू’ ।

Book Title बाल्यकालका पदचापहरू । Balyakalka Padchap
Authorखगेन्द्र संग्रौला
ISBN9789937878982
Edition LanguageNepali
Published Year2014
PublicationFineprint Books
Pages316
Category संस्मरण