Shopping Cart
अर्हत/ Arhat

अर्हत/ Arhat

शैलेन्द्र अधिकारीले आफ्नो चाहनाअनुरूप भगवान बुद्धको जीवनीसँग सम्बन्धित विषय लिएर अर्हत् उपन्यास लेख्नुभएको छ । यो कार्य मेरा लागि मात्र नभएर समग्र साहित्य र संस्कृति प्रेमीहरूका लागि खुशीको कुरा हो । आगामी दिनमा पनि उहाँबाट यस्ता किताब लेखियुन् र पाठकहरू लाभान्वित हुन पाइरहुन् । शुभकामना व्यक्त गर्दछु । -सङ्घनायक भिक्षु बोधिसेन महास्थविर संशयको उच्छेदनपूर्वक सम्यक् ज्ञानको उदयको महायात्रा हो अर्हत् । वैयक्तिक, सामाजिक, आर्थिक, दुःखहरूको माझमा भयावह दुःख हो भ्रम | भ्रमलाई चिर्न त्यही विषयमित्र छिर्नुपर्छ र त्यसलाई जान्नुपर्छ । जब मानिस भ्रमको कुहिरोबाट सत्याकासमा उद्गमन गर्छ अनि बन्छ अर्हत् । अर्हत् सत्यतर्फको, सुखतर्फको, चैतन्यतर्फको, निर्वाणतर्फको, परिवर्तनकारी यात्रा हो । यो आश्रवक्षयको कथा पढेर पाठकहरू अवश्य पनि शान्तचित्त सुखालयमा अन्तः प्रविष्ट हुनेछन् ।
-रूपक अलङ्कार

Book Title अर्हत/ Arhat
AuthorShailendra Adhikari
ISBN9789937340144
Edition LanguageNepali
Published Year2024
PublicationSikha Books
Pages308
Category उपन्यास