Shopping Cart
अनामिका

अनामिका

  • subsash
    Writen bysubsash
  • PublisherSwadesh Prakashan
  • Year2026

सुभाष घिमिरे नेपाली साहित्य जगतका सुपरिचित स्रष्टा हुन् । उनका प्रकाशित कृतिहरूमा अमेरिका अनुभूति (२०७९) डायरी, मौन विद्रोह (२०८०) उपन्यास, द साइलेन्ट रिबेलियन (२०८०) उपन्यास तथा सान्दाजु (२०८१) उपन्यास उल्लेखनीय छन् । लेखक घिमिरेले वीपी कोइरालाको अदालती बयानलाई नेपालीबाट अङ्ग्रेजी भाषामा अनुवाद गरेका छन् । यसका साथै, उनीद्वारा अनुवादित अन्य कृतिहरू पनि प्रकाशित भएका छन् । संयुक्त राज्य अमेरिकाबाट शिक्षा शास्त्रमा स्नातकोत्तर तह पूरा गरेका घिमिरेले नेपालबाट कृषि विज्ञानमा स्नातक गरेका छन् ।
अनामिका मानव जीवनका सूक्ष्म अनुभूति, मौन पीडा र आत्मसङ्घर्षको गहिरो कथावस्तु बोकेको उपन्यास हो । यसले एक नारी पात्रको मनोवैज्ञानिक यात्रालाई उजागर गरेको छ, जहाँ ऊ आफ्ना इच्छा, बाध्यता र सामाजिक मान्यताले निर्धारण गरेका सीमाहरूबिच आफ्नो स्वतन्त्रता, चाहना र अस्तित्वको खोजीमा निरन्तर सङ्घर्षरत रहन्छे ।

Book Title अनामिका
Authorsubsash
ISBN9789905992528
Edition LanguageNepali
Published Year2026
PublicationSwadesh Prakashan
Category उपन्यास