
अग्नि।Agni
-
Writen byDr.Navraj Lamsal
- PublisherBook Hill
- Year2021
मलाई तिमीले जस्तै
सबै कुरा बिसँदै जाने छुट छैन नसम्झीकन त कसरी गर्ने र समयसँग हरेक सम्झौताको सम्पूर्ण हिसाब ?
यत्ति सम्झ कवि-
फूल रोप्ने माटो तिमीलाई कस्ले दियो ? कस्ले बाल्यो त्यही माटोमा झरिलो अग्नि ?
र, यो पनि नबिर्स-
तिम्रा पुर्खाले त्यही आरनको आगो लगेर खरानीमा छोपेर राखेका हुन् तिम्रो भान्साको बिउ आगो !
आरन बिटुलो छ भने तिम्रो भान्सा पनि बिटुलियो यही आगोको स्पर्शले साँच्चै भन अब तिम्रो भान्सा कसरी चोख्याउँछौं ?