Shopping Cart
आत्मवृतान्त । Aatmabrittanta

आत्मवृतान्त । Aatmabrittanta

"म ठीक टाइममा आएँ । एउटा सेतो रूमालमा ६ ओटा ह्याण्ड ग्रिनेड मलाई त्यस मान्छेले दियो र त्यो गइहाल्यो । अनि, मैले त्यही बखतमा वसन्तशमशेरलाई पनि फोन गरेको थिएँ लिन आउनु भनेर । उनी बसेका थिए पार्कस्ट्रिटमा, आफ्नो छोरीको साथ । मैले उनलाई ६ बजेतिर त्यही इलाकामा आउनुहोला भनेको थिएँ, उनी त्यही बेला टुप्लुक्क आइपुगे । अब म त्यो ह्याण्ड ग्रिनेड लिएर उभिरहेको छु । त्यही बखतमा पान-सिगरेटको दुकानमा रेडियोले प्रसारण गरेको सुनें- गान्धीको मृत्यु भयो । म ह्याण्ड ग्रिनेड लिएर पर्खिरहेको छु । एउटाले दिएर गइसक्यो र अर्कोले लिन लागिरहेको थियो । मलाई कत्रो ठूलो अँध्यारो महसुस भइरहेको थियो । गान्धीसित मलाई कत्रो ठूलो लगाव रहेको थियो भन्ने अनुभव मैले त्यसबखत गरें । मलाई त सबैथोक भताभुंग भएजस्तो लाग्यो ।"

Book Title आत्मवृतान्त । Aatmabrittanta
Authorविश्वेश्वर प्रसाद कोइराला
ISBN9789993312024
Edition LanguageNepali
Published Year1998
PublicationJagadamba Prakashan
Pages338
Category आत्मकथा नियात्रा राजनीति